Saturday, June 23, 2018

पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ । तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।
यसले के के, कसरी फाईदा गर्छ भन्ने जानकारी राखेका छैनौँ ।
गर्मीमा शरिरलाई चिसोका लागि पनि काँक्रो खानु निकै लाभदायक मानिन्छ । काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुनुका साथै भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, पोटाशियम र फास्फोरस पाइन्छ । नियमित रुपमा काँक्रो खानुका फाईदाहरु यस प्रकार रहेका छन्ः
१. मधुमेह र रक्तचाप– काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रो खानाले कोलस्ट्रोलको स्तर कम हुन्छ जसले हृदय सम्बन्धि रोग हुने शंङ्का निकै कम हुन्छ । काँक्रोमा फाइबर, पोटाशियम र म्याग्नेशियम पाइने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । उच्च र न्युत रक्तचाप भएकाहरुका लागि काँक्रो औषधिको रुपमा मानिन्छ ।
२.क्यान्सरबाट बचाउने– काँक्रो नियमित रुपमा खाने गर्नाले क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।
३.मुख गनाउँने – काँक्रो नियमित रुपमा सेवन गर्नाले मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।
४.आँखाका लागि फाइदा– प्रायजसो फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ
५.जोर्निको समस्या– काँक्रोमा सिलिशीया नामक तत्व प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ । काँक्रोको नियमित सेवनले युरिक एसिडको स्तर पनि कम गर्न मद्दत गर्छ ।
*recentnepal.com

No comments:

Post a Comment